Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


किमलाई मार्ने षड्यन्त्र हुँदैछ : उत्तर कोरिया


0
Shares

उत्तर कोरियाली सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)काअनुसार अमेरिकाले दक्षिण कोरियाली गुप्तचर संस्था (आइएस)को सहयोगमा बायोकेमिकल पदार्थ प्रयोग गरी शासक किमको हत्या गर्ने षड्यन्त्र बनाएको आरोप उत्तर कोरियाले लगाएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र शासक किमको भेटवार्ताका लागि परिस्थिति सिर्जना गर्ने भन्दै सीआइएका निर्देशक दक्षिण कोरिया आएको दुई दिनपछि उत्तर कोरियाले यस्तो आरोप लगाएको हो ।

उत्तर कोरियाली रक्षा मन्त्रालयले अमेरिकी गुप्तचर संस्था दक्षिण कोरियाली चरमपन्थी संगठनको प्रयोग गरी बायोकेमिकल पदार्थसहित उत्तर कोरिया प्रवेश गरेको भन्दै ती चरमपन्थीलाई खोजी–खोजी मार्ने चेतावनीसमेत दिएको छ ।

केसीएनएले बायोकेमिकल पदार्थमा रेडियो विकीरणयुक्त तथा ‘न्यानो सबस्टेन्स’ प्रविधि प्रयोग गरिएकोसमेत उल्लेख गरेको छ ।

उक्त प्रविधिले शासक किमलाई आक्रमण गरे एक वर्षसम्म त्यसको असर नदेखिने र त्यसपछि उनको मृत्यु हुने जनाइएको छ ।

शासक किमलाई सार्वजनिक समारोहमा हत्या गर्ने योजना रहेको दाबी गर्दै उत्तर कोरियामा उच्च सर्तकतासमेत अपनाइएको छ