
यससँगै जिल्लाका स्थानीय तहमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एमाले)का तर्फबाट मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध भएकी छन् ।
सोही पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी मनकाशी अतिरिक्त हुलाक कार्यालय भुलभुलेमा कार्यरत कर्मचारी भएको उजुरी परेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा एमालेबाटै महिला सदस्य डिलकुमारी थापा निर्विरोध भएकी छन् । नेपाली
काँग्रेसबाट सोही पदमा उम्मेदवारी दिएकी मैतमाया गुरुङले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध बनेकी हुन् ।
एमालेका तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै, सोही वडामा एमालेबाटै उम्मेदवारी दिनुभएका एक खुला सदस्य पित्रमान गुरुङ र दूधपोखरी गाउँपालिका–४ इलमपोखरीमा नेकपा(माओवादी केन्द्र)बाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध भइसेकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्