Logo ९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026


धनगढीमा स्रोत नखुलेको २८ लाख नगद र कारसहित २ जना भारतीय नागरिक पक्राउ


923
Shares

कैलाली । कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई प्रहरीले पक्राउ गरेकाे हो। उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३ सय ४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरु सवार युपी ३१ सिएन ११७५ नम्बरको कार समेत प्रहरीले बरामद गरेकाे हाे। प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित २ जना व्यक्ति पक्राउ गरेको प्रहरीले बताएकाे छ।