-युवराज रोइला/ईमेज
हलेसी तुवाचुङ नगरपालिका-१० स्थित अर्खौलेको भञ्ज्याङमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा चालक दिपक दर्जीसहित जीपमा सवार सबै जना घाइते भएका हुन् ।
दुर्घटनामा रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाका ३६ वर्षीय पृथीराज राई, सुनसरीको इटहरी २० का ५२ वर्षीय नन्दकिशोर राई, उनकी श्रीमती ४९ वर्षीया कौशिला राई, जीप चालक उदयपुर कटारी नगरपालिका १० का ३१ वर्षीय दिपक दर्जी, इटहरी उपमहानगरपालिका २ का २९ मदन गुरुङ, उनकी श्रीमती २९ वर्षीया प्रमिला गुरुङ, मदनको फुपू ५४ वर्षीया गङ्गा गुरुङ, खोटाङको केपिलासगढी गाउँपालिका २ खार्ताम्छाकी ३१ वर्षीया तेजकुरमारी राई, सोही स्थानका ५४ वर्षीया पशुपती राई र इटहरी महानगरपालिका २० तरहराकी ५१ वर्षीया कमलज्योति राई भाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका पृथीराज, नन्दकिशोर, कौशिला र दिपकलाई थप उपचारका लागि काठमाडौं पठाइएको घटनास्थल पुग्नुभएका प्रहरी सहायक निरीक्षक कुमार रिमालले बताए ।
अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको हात भाँचिएको र अन्य सबैको शरीरको विभिन्न ठाउँमा चोट लागेको स्वास्थ्यचौकी हलेसीले जनाएको छ ।
गुडिरहेको जीपको पछाडि पट्टीको चक्का फुस्किँदा सडकमै पल्टिएर जीप दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटना लगत्तै स्थानीयवासी र नेपाल प्रहरीले घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्