Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


काठमाडौंमा तीन हजार पाँच सय प्रहरी खटाइने


0
Shares

यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए ।

उनले भने, “काठमाडौँमा धेरै निर्वाचन केन्द्रका साथै संवेदनशील स्थान भएकाले उक्त सङ्ख्यामा प्रहरी परिचालन गर्न लागेका हौँ, यसका अलावा दुई हजार सात सय ५८ म्यादी प्रहरीसमेत परिचालन गछौँ ।”

नेपाल प्रहरीले काठमाडौँका मतदान केन्द्रमा न्यूनतम पाँच नेपाल प्रहरी र पाँच म्यादी प्रहरी राख्नाका साथै अधिकतम रुपमा आवश्यकता हेरेर वृद्धि गरिने जोशीले बताए ।

काठमाडौँमा हाल कामपा, शङ्करापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिका छन् । रासस