२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


वडाको विकासका लागि प्रतिबद्धता जनाउन आग्रह


0
Shares

मेयरदेखि वडा तहसम्मका उम्मेदवार भोट माग्न घरदैलोमा तल्लिन भएका हुन् । काठमाडौंको रानीबारी युवा क्लबले पनि आज राजधानीमा आफ्ना क्षेत्रका उम्मेद्वारहरुसँग चुनावी प्रतिबद्धता मागेको छ ।

नम्बर–३ का सबै उम्मेदवारलाई भेला पारेर वडाको विकासको लागि प्रतिबद्धता जनाउन आग्रह गरेको हो ।

मुख्य गरेर नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारहरुले वडामा ढल, सरसफाई, खानेपानी, बाटोलगायतका विकास निर्माणको काममा जोड दिएका छन् ।

नेपाली कांग्रेसका बिदुर कार्की, एमालेका दिपक केसी, माओवादी केन्द्रका सुरेन्द्र केसी र राप्रपाका कृष्णप्रसाद पौडेलले वडाको विकासका लागि आधुनिकीकरण जरुरी रहेको भन्दै प्रविधिको अधिकतम् प्रयोग गरेर वडाको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।