
-टेकराज अवस्थी/ ईमेज
कामका लागि भारत गएका युवाहरु चुनावमा सहभागी हुन घर फर्किए पनि दोस्रो चरणमा मात्र निर्वाचन हुने भएपछि निराश हुँदै पुनः काममा फर्किन थालेका छन् ।
नयाँ संविधान अनुसार पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन भारतमा काम गरिरहेका डडेल्धुराका युवाहरु घर फर्किएका थिए ।
तर बैशाख ३१ का लागि तय भएको चुनाव एक महिनापछि अर्थात जेठ ३१ मा सारिएपछि उनीहरु फेरि काममा भारत फर्कन थालेका छन् । एक महिनासम्म बस्न विदा नमिल्ने भएपछि उनीहरु निराश हुँदै कर्मथलो फर्किन थालेका छन् ।
यस्तै अध्ययनको सिलसिलमा जिल्ला बाहिर रहेका युवाहरु पनि निर्वाचनका लागि भन्दै गाउँ आएका थिए । तर निर्वाचन सरेपछि उनीहरु पनि फर्किन थालेका छन् ।
प्रदेश नं. ७ अन्र्तगतको डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तहमा जम्मा ७५ हजार ७ सय ८० मतदाता छन ।
सुदूरपश्चिमको प्रसिद्ध पर्व बिशु र निर्वाचनका लागि भन्दै एक महिनासम्मको विदा लिएर आएका युवाहरु फर्किन थालेपछि चुनावी चहलपहल पनि सुस्ताएको छ ।
प्रतिक्रिया दिनुहोस्