जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मिटरअगाडि खालीचौरमा बम भेटिएको हो । बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रहेकी रेणु दाहालको मामा पौडेलका घरमा रोकिराखिएको बा११च ९०३० नम्बरको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, निर्वाचनविरोधी गतिविधि गरेको भन्दै प्रहरीले अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । रासस










प्रतिक्रिया दिनुहोस्