Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


डीपीएलमा महेन्द्रनगरको पहिलो जित, अत्तरिया स्तब्ध


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन ५ । धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटमा महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई हराउँदै पहिलो जित निकालेको छ ।

आइतबार भएको खेलमा महेन्द्रनगरले अत्तरियालाई ७ विकेटले पराजित गरेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा वर्षाका कारण ‘आउटफिल्ड’ गिलो भएपछि दुई घन्टा ढिलो गरी सुरु भएको खेल ६ ओभरमा झारिएको थियो ।

जसमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ५ विकेट गुमाउँदै ५४ रन बनायो ।

अत्तरियाका सन्नी पटेलले १९ तथा जयकशिन कोल्सावालाले १० रन बनाए । सन्दीप जोरा व्यक्तिगत ४ रनमा आउट भए । कमलसिंह ऐरीले खाता खोल्न सकेनन् ।

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी व्यक्तिगत १० रनमा पेभेलियन फर्किए ।

बलिङतर्फ महेन्द्रनगरका अभिनाश बोहरा र सागर ढकालले समान २/२ विकेट लिए ।

जवाफमा महेन्द्रनगरले ५ ओभर ४ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

महेन्द्रनगरका लागि सुब्रमनियम आनन्दले सर्वाधिक १७ रनको योगदान गरे । आरिफ शेखले अविजित १५ रन जोडे ।

अत्तरियाका लागि भुवन कार्कीले २ विकेट लिए ।

योसँगै अत्तरियाले दुई खेलअगाडि नै ‘प्लेअफ’मा पुग्ने मौका गुमायो भने महेन्द्रनगरले शीर्ष चारको सम्भावना कायमै राखेको छ ।

महेन्द्रनगरले ५ खेलबाट ४ अंक जोडेको छ । समूह चरणका सबै खेल खेलिसकेको महेन्द्रनगरले अब अरु खेलको नतिजा कुर्नुपर्ने हुन्छ  ।

पराजित टोली अत्तरियाको पनि प्लेअफ सम्भावना बलियो रहेको छ । पहिलो हार व्यहोरेको अत्तरियाको ३ खेलबाट ४ अंक छ ।