४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


नारायणगढ–मुग्लिन सडकखन्डमा पहिरो हटाइयो, बाटो दुईतर्फी खुल्यो


0
Shares

चितवन, असार २० । नारायणगढ–मुग्लिन सडकखन्डमा खसेका दुई ठूला पहिरो हटाइएसँगै अवरुद्ध बनेको सडक सन्चालनमा आएको छ ।

बुधबार अपराह्न ४ः३५ बजेदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि, बुधबार दिउँसो टोपेखोला र कालीखोलाको बीच भागमा फसेका सवारी–साधनहरुलाई एकतर्फी बाटो खुलाइ सुरक्षित स्थानमा पठाइएको थियो ।

मुग्लिनबाट ३.१२ किलोमिटरको दूरीमा कालीखोला पर्छ भने टोपेखोला ३.३ किलोमिटर दूरीमा पर्दछ ।

सो सडकखन्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि बुधबार बिहान ५ः३० बजेदेखि नै सडक अवरुद्ध बनेको थियो ।

केही दिनयता यस सडकखन्डमा पटक–पटक पहिरो खस्दा यात्रीहरु मर्कामा पर्ने गरेका छन् ।