२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


काठमाडौंको मेयरमा ‘माता’, ‘स्वामी’देखि रेसलरसम्म उम्मेदवार, भन्छन्–‘जित सुनिश्चित’ (भिडियो)


0
Shares

अझ रमाइलो पक्ष निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई उपलब्ध गराएको चुनाव चिह्नमा लामखुट्टेको धुपदेखि ओथारो बसेको कुखुरीसम्म रहेको छ ।

राष्ट्रियसभागृहमा चुनाव चिह्नका लागि भेला भएका केही स्वतन्त्र मेयरका उम्मेदवारले आफूलाई ‘शक्तिस्वरुपा माता’कोरुपमा प्रस्तुत् गरे ।

मेयरका दाबेदार ‘माता’ ज्ञानु लामाले चुनाव आफूले नै जित्नेमा ढुक्क छिन् ।

मेयरका दाबेदार दिनेश शाहीले आफूले लामो समय भुस्याहा कुकुरको सेवामा काम गरेको अनुभव सुनाए । यसकारण पनि पशुप्रतिको आगाध मायाले बिरालो चिह्न चयन गरेको उनको भनाइ छ ।

मेयरका स्वतन्त्र उम्मेदवार ‘स्वामी महामन्डलेश्वर’ पनि ८० प्रतिशत हिन्दू भएको देशमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्छन् । ढाकाटोपी चुनाव चिह्न पाउदा झन् उनी खुसीले गदगद् देखिन्छन् ।

रेसलिङ खेलाडी ‘हिमालयन टाइगर’ भरत विसुराल पनि उम्मेदवारी दिन निकै रहर गर्ने व्यक्ति हुन् । विसुरालले यसपालि पानीको बोतल चुनाव चिह्न लिएर मेयर लड्दै छन् ।

कलिलो उमेरका कारणले चर्चामा रहेकी रञ्जु दर्शनाले स्टकोट र किशोर थापाले क्यामेरा चिह्न प्राप्त गर्दा पनि खुसी व्यक्त गरे । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।