साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २ अंक बढीले बढेर अन्तिम दिन १६ सय ५३ अंकमा पुग्यो ।
यो साता १ सय ५४ कम्पनीको तीन अर्ब ४० करोड १२ लाख रुपैयाँ बराबरका ५३ लाख ८४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ५६ कम्पनीको पाँच अर्ब ६९ करोड ३७ लाख रुपैयाँ बराबरका ८२ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ४० प्रतिशतले कम हो ।
यो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक र कारोबार संख्याको आधारमा अरुण काबेली पाबर लिमिटेड अग्रस्थानमा रहेको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्