Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मीनबहादुर शेरचनको शव काडमाडौंमा


0
Shares

शनिबार साँझ आधार शिविरमा निधन भएका शेरचनको शव परीक्षणका लागि आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

आधार शिविरबाट बिहान करिब ८ बजे तेन्जिङ हिलारी बिमानस्थल लुक्ला ल्याइएको शव फिस्टेल एयरको हेलिकम्पटरमार्फत काठमाडौं लगिएको छ ।

त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि बौद्ध परम्परानुसार अन्येष्टि गरिने बताइएको छ ।

विसं २०६५मा मा ७६ वर्षका उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा चढी कीर्तिमान राखेका शेरचनको कीर्तिमान २०७१मा ८१ वर्षीय जापानी युउचिरो मिउराले तोडेकाले शेरचन ८६ वर्षका उमेरमा सगरमाथा आरोहणको तयारीमा थिए ।

म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते सात सदस्यीय समूहसहित काठमाडौँबाट हिंडेका थिए ।

शेरचनको विसं २०७० र २०७२ मा सगरमाथा आरोहण योजना असफल भएको थियो ।

यस वर्ष भने अभियान सफल बनाउने बताउँदै उनी काठमाडौंबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधार शिविर पुगेका थिए । रासस