दिवसको अवसरमा सरकारले चार जना वरिष्ठ पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गरेको छ । संचार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने चार जना वरिष्ठ पत्रकारहरुलाई जनही दुई लाख रुपैयाँ नगदसहितको वरिष्ठ पत्रकार सम्मान प्रदान गरेका हुन् ।
वरिष्ठ पत्रकार सम्मान प्राप्त गर्नेहरुमा मदनमणी दीक्षित, नारायणप्रसाद शर्मा, कृष्णा ताम्राकार र विश्वबन्धु भण्डारी छन् ।
यस्तै, दुई लाख रुपैयाँ राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार गणशेखर शर्मा, शिवबहादुर कार्की, सिरज खान र गजेन्द्र बुढाथोकीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा सञ्चार मन्त्री कार्कीले सरकारले ज्येष्ठ पत्रकार सम्मानबृत्तीको कार्यक्रमलाई थप ब्यापक र प्रभावकारी ढंगले संचालन गर्ने बताए । उनले राजनीतिक परिवर्तन र लोकतन्त्रको पक्षमा पत्रकारहरुको विशिष्ट भूमिका रहेको भन्दै मुलुक अप्ठ्यारो परेको बेला पत्रकारहरुले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संचारकर्मीहरुको क्षमता अभिबृद्धिका लागि सबै पक्षले भूमिका खेल्न आवश्यक रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्