Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


मुग्लिन–नारायणगढ सडक आजबाट २४सै घण्टा खुला


0
Shares

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता पनि आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले सोमबारदेखि १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो ।

यसअघि अहिले उक्त सडक बिहान १० देखि ४ बजेसम्म ६ घन्टा बन्द गरेर निर्माण कार्य गरिँदै आएको थियो । जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ ।

अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत काम पूरा भएको खनालले जानकारी दिए । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उनको भनाइ छ ।

उक्त सडकखण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् ।

उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउँछन् । वर्षाका बेलामा भने यात्रुले सास्ती पाउँदै आएका छन् ।

अघिल्लो महिनामा यहाँ सुक्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको उनको भनाइ छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ । (रासस)