Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


भूकम्प प्रभावितले पहिलो किस्ताको अनुदान रकम अझै पाएनन्


0
Shares

गत चैत २७ गतेदेखि जिल्लामा निजी आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु भए पनि प्राधिकरणले अनुदान उपलब्ध गराउन बैंकहरुको कार्यक्षेत्र निर्धारण नगरिदिँदा घर बनाउने तयारी गरिरहेका भूकम्प प्रभावितले अनुदान रकम पाउन नसकेका हुन् ।

केन्द्रीय आयोजना इकाईबाट बैंकहरुको कार्यविभाजनको निर्णय नभइदिँदा भूकम्प प्रभावितलाई अनुदान उपलब्ध गराउन ढिलाई भइरहेको हो ।

आफूहरुले धमाधम सम्झैता गरे पनि बैंकहरुलाई अख्तियारी नआउँदा अनुदान कार्यक्रम प्रभावित बनेको जिल्ला समन्वय समितिको कार्यालय धनकुटाका वरिष्ठ सामाजिक विकास अधिकृत सीताराम गौतमले जानकारी दिए ।

पहिलो चरणमा जिल्लाका १८ सय भूकम्प प्रभावितलाई घर निर्माण गर्न ९ करोड रुपैयाँबाट निकासा भएको छ ।