वातावरणीय दृष्टिले उपयुक्त ठानिएको सौर्य उर्जा सडक वत्ती बिग्रिएकाले चौदण्डीगढी नगरपालिकाको नगरक्षेत्र अन्धकारमय भएको छ ।
करिब पौने एक करोड रुपैयाँको लगानीमा ७८ थान सडक बत्ती जडान भए पनि अधिकांश बिग्रिएका छन् ।
नगरपालिकाले पहिलो वर्ष उपभोक्ता समितिमार्फत र दोस्रो वर्ष टेन्डर व्यवस्था गरी सडक बत्ती जडान गरेको थियो ।
मुख्यबजार क्षेत्रका सडक र गाउँका चोकमा जडा गरिएका सौर्य बत्ती नबल्दा पनि नगरपालिका कार्यालय उदासिन बनेकोप्रति स्थानीयको गुनासो छ ।
नगरपालिकाले यस वर्ष पनि सडक बत्ती जडानका लागि करिब ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।










प्रतिक्रिया दिनुहोस्