
पक्राउपर्नेमा बेसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् ।
मध्यरातको समयमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताए ।
निर्वाचनकेन्द्रित सुरक्षा योजनाअनुसार गस्तीमा गएको प्रहरी टोलीले उनीहरुको साथबाट एउटा तयारी भरुवा बन्दुक र अर्को बनाउँदै गरेको भरुवा बन्दुक बरामद गरेको उनले बताए ।
उनीहरुसँग तयारी बन्दुकको अनुमतिपत्र नभएको र कानुनविपरीत हतियार बनाइरहेको भेटिएकाले दुबैजनालाई हात–हतियार खरखजनाअन्तर्गत् मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिए ।
स्थानीय चुनावलक्षित गर्दै यसअघि जिल्ला सुरक्षा समितिले इजाजत भएका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको थियो ।
प्रशासनले दिएको समयसीभित्र जिल्लामा ६३ जनाले हतियार बुझाएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्