३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


होटलमा आपत्तिजनक अवस्थामा फेला परेका पाँच भारतीयसहित १२ जना पक्राउ


0
Shares

                                                               प्रतीकात्मक तस्वीर

इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत छन् ।

प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको हो ।

त्यस्तै, बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित निशा होटलबाट एक जोडी र मेची कोसी टपबाट दुई जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए । (रासस)