Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


फिदिममा एयरपोर्ट निर्माण प्रक्रिया अघि बढ्यो


0
Shares

अहिलेसम्म सरकारी प्राथमिकतामा पर्न नसकेको रानीटारको स्याउडाँडामा विमानस्थल बनाउन चालू आर्थिक वर्षमा नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन गर्ने प्रक्रिया सुरु गरेको हो ।

वातावरणीय प्रभाव मूल्यांकन गर्न क्षेत्र निर्धारण गरी काम अघि बढाइएको इन्जिनियर नलविक्रम थापाले जानकारी दिए ।

विमानस्थल बनाउन यो वर्ष १७ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

यसअघि विमानस्थल बनाउन २०६७ सालमा सरकारले सम्भाव्यताको अध्ययन गरेको थियो ।