कोशी राजमार्गअन्तर्गत धनकुटा–मूलघाट सडकखण्डको गुठीटारदेखि भोजपुरको दक्षिणमा पर्ने घोडेटार बजारसम्म जाने ४० किलोमिटर नयाँ सडक सन्जाल निर्माण गरिएको हो ।
धनकुटाका साविक बेलहारा, आंखीसल्ला चुनवाङ गाविसमा विस्तार गरिएका विभिन्न कृषि सडक सञ्जाललाई जोडेर राजमार्गको गुठिटार हुँदै चुनवाङको अरुण नदीको राईघाटसम्म ट्रयाक खोलिएको हो ।
८९ लाख रुपैयाँको लागतमा सडकको ट्रयाक पुरा भएको हो ।









प्रतिक्रिया दिनुहोस्