
फाइल फोटो
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई मंगलबार महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
उनले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताए ।
यही वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले धमाधम राजधानीका गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्दै आएको छ ।
गत आइतबार गुन्डागर्दीमा संलग्न राजीव गुरुङ (दीपक मनांगे)लाई पनि प्रहरीले पक्राउ गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्