Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कानुन दिवसमा सर्वोच्चले गरेको कार्यक्रम प्रधानमन्त्री, सभामुख, कानुनमन्त्रीद्वारा बहिस्कार


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सर्वोच्च परिसरमा सोमबार आयोजित कार्यक्रम प्रधानमन्त्री दाहाल, सभामुख ओनसरी घर्ती, कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधीवक्ता रमण श्रेष्ठले बहिस्कार गरेका हुन् ।

कार्यक्रममा सरकारको तर्फबाट सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीमात्रै सहभागी भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले राज्यका प्रमुख अंगहरु आग्रह–पूर्वाग्रहबाट निर्देशित हुन नहुने भन्दै आफू पनि त्यसप्रति सचेत रहेको बताइन् ।

तर, आफू कानुनले सुम्पिएको जिम्मेवारी पूरा गर्न पनि प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतका उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता थियो ।