Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भूकम्पपीडित भन्छन्–‘आपतमा वास्ता नगर्ने नेताहरुलाई कसरी भोट हाल्ने ?’ (भिडियो)


0
Shares

दुई वर्षअगाडि भूकम्पले भत्काएका घर–बस्ती अझै पनि लथालिंग अवस्थामा छन् । निर्वाचनको प्रचार–प्रसार गर्न र भोट माग्न त धेरै पुगेको र आफूहरुको समस्याकाबारेमा कसैले एक शब्दसम्म नबोलेको उनीहरुको गुनासो छ ।

घुसेल, लेकडाँडाका तेम्बा लामाको मन पनि कम्ती कुडिँएको छैन । स्थानीय निर्वाचनले यो बस्तीमा रौनक ल्याउन सकेको छैन । पहिलेजस्तो खानपानको लोभमा विकेर भोट नहाल्ने निचोडमा उनीहरु पुगेका छन् ।

यता, नुवाकोट थानापतिका भूकम्पपीडितहरुलाई भने नेताहरु भोट माग्न गएको पनि मन परेको छैन । आपतमा वास्ता नगर्ने नेताहरुलाई कसरी भोट हाल्ने ? उनीहरु प्रश्न गर्छन् ।

घर भत्किएर बिल्लीबाठ हुँदा र आफन्त गुमाउनुपर्दा फर्केर नहेर्नहरुलाई कसरी मत दिने ? भन्ने उनीहरुको भनाइ छ ।

स्थानीयहरुको गुनासो जे–जस्तो रहेपनि उम्मेदवारहरु भने विकासे नारा लिएर गाउँगाउँमा धुमधामसाथ प्रचारमा जुटेका छन् । कसैले बाटो निमार्ण गरिदिने आशवासन दिएका छन् त कसैले खानेपानी घर–घरमा पुर्याइदिने आस देखाएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।