Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मातृभाषा पत्रकारिता दिवस मनाइयो


0
Shares

ललितपुरको पुल्चोकस्थित धर्मादित्य धर्माचार्यको प्रतिभामा माल्यार्पण गर्दै उनको स्मरण गरिएको थियो ।

जहाँनिया राणाकालमा नेपालभाषाको पत्रिका बुद्धधर्म र नेपालभाषा सम्पादन र प्रकाशन गरेका धर्मादित्यको योगदानको स्मरण गर्दै कार्यक्रममा वक्ताहरुले धर्मादित्य धर्माचार्यको योगदानको राज्यले कदर गर्नुपर्ने माग गरे ।

कार्यक्रममा सहभागीहरुले धर्मादित्य धर्माचार्यको स्मरणमा मनाइँदै आएको यो दिवसलाई सरकारले मान्यता दिनुपर्नेसमेत माग गरेका थिए ।

यसैक्रममा मांभाय् पुचःले पनि धर्माचार्यको स्मरणमासभा आयोजना गरेको छ ।