केरुङबाट तयारी पोसाक बोकेर काठमाडौं जाँदै गरेको ना६ख ३३२८ नम्बरको उक्त कन्टेनर दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कन्टेनर चालक नुवाकोट, ककनी गाउँपालिका–६ जुरेथुमका बालकृष्ण लामा र बझाङका सिंहलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
अन्य घाइतेको नुवाकोट सिटी अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
‘ब्रेक फेल’ भएर कन्टेनर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका अधिकांश कपडा व्यापारी रहेको बताइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्