Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


उदयपुरमा चट्याङ लागेर तीनजनाको मृत्यु


0
Shares

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–५ जाँतेकी १२ वर्षीया तुलसा विक, कटारी नगरपालिका–११ हर्देनीका ४५ वर्षीय भेषबहादुर खत्री र सोही ठाउँका ५५ वर्षीय बलबहादुर बस्नेतको चट्याङ लागेर मृत्यु भएको हो ।

तीनै जनाको आ–आफ्नै घरमा बसिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएकी कटारी–११ हर्देनीकी ३३ वर्षीया कल्पना बस्नेतको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस