२५६१औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा बुधबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनी क्षेत्रको विकासका लागि बुद्ध परिपथ र बृहत्तर लुम्बिनी गुरुयोजना अगाडि बढाउन सरकार तथा लुम्बिनी विकास कोषलाई आग्रहसमेत गरे ।
नेपाल सरकारलाई लुम्बिनीको समग्र विकासका लागि ध्यान दिन आग्रह गर्दै पुनले लुम्बिनी जाने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्नसक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको पर्यटकीय विकास हुने बताए ।










प्रतिक्रिया दिनुहोस्