Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


निर्वाचनमा दलहरुको उत्साहजनक सहभागिताप्रति राष्ट्रपतिद्वारा खुसी व्यक्त


0
Shares

प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज सम्पन्न भेटमा उनले निर्वाचन सम्पन्न गर्न दलहरुबीच देखिएको उच्च समझदारीले संविधानमा उल्लिखित तीन तहका निर्वाचन निर्धारित मितिमा हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले भोलिदेखि हुन लागेको आफ्नो श्रीलङ्का भ्रमणका बारेमा दलका शीर्ष नेतालाई जानकारी गराउनुभएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

दलका नेताहरुले राष्ट्रपति भण्डारीको भ्रमणको सफलताको शुभकामना दिएका थिए ।

सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।

यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपस्थिति रहेको थियो । रासस