Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


डोटीको तिलतालीमा बाढी, ३२ घरमा क्षति, स्थानीयको भागाभाग


0
Shares

बस्तीमाथिबाट ढुंगा–माटो, रुख बगाएर ल्याएको खहरेखोलाले धार परिवर्तन गरी बिहीबार गाउँमा पसेको थियो । भारी वर्षापछि आएको बाढी गाउँमा पस्दा स्थानीय बासिन्दाको भागाभाग भएको थियो ।

बाढीले मानवीय क्षति नगरे पनि १९ घरपरिवार विस्थापित बनेका छन् । बाढीले घरभित्रका लत्ताकपडा, अन्नका साथै केही चौपाया र एउटा पोल्ट्रीफार्मसमेत बगाएको छ ।

बाढीले स्थानीयको खेतीयोग्य जमिनमासमेत ठूलो क्षति पुर्‍याएको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।

तत्कालको खतरा टरेपनि फेरि पानी पर्दा उत्तिकै डर रहेकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

विस्थापितहरु ग्रामीण विकास सेवा केन्द्रको जडिबुटी प्रशोधन केन्द्र भवन र स्थानीय आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।