Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


यात्रीबस दुर्घटनामा दुईको मृत्यु, ३५ जना घाइते


0
Shares

दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत् खाडीचौरको तीनकिलो भन्ने स्थानमा अपराह्न बस अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको र चालक फरार रहेको प्रहरीले बताएको छ ।

घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई राजधानी पठाइएको छ । रासस