काठमाडौं, फागुन ३ । त्रिकोण एडभरटाइजिङले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
एडभरटाइजिङले शुक्रबार बालुवाटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर ती सामग्री हस्तान्तरण गरेको हो ।
त्रिकोणका अध्यक्ष राजेन्द्र अर्यालले फाउन्डेसनलाई अझै राम्ररी अघि बढ्न उक्त सामग्रीहरु सहयोग गरेको बताए ।
त्यस्तै, क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले संस्थाले क्यान्सर रोगकाबारेमा जानकारी दिनुको साथै जनचेतना फैलाउने काम गरिरहेको बताए ।
फाउन्डेसनले अहिलेसम्म १० हजारजनाभन्दा बढी क्यान्सर रोगीहरुमाझ जनचेतना बढाउने काम गरेको अध्यक्ष पन्तले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्