काठमाडौं, फागुन ३ । अन्तर्राष्ट्रिय सर्टिङ सुटिङ ब्रान्ड रेमन्डले ललितपुरको जावलाखेलमा आफ्नो छैटौं शोरुम विस्तार गरेको छ ।
शोरुमको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गरे ।
टेलसिरङ सेवाबाहेक यस शोरुममा यस ब्रान्डका सर्ट, टाइलगायतका अन्य सामग्रीहरु पनि राखिएका छन् ।
कोमल एवं उच्च गुणस्तर दाबी गरिएका यी यस ब्रान्डका कपडाहरु नचाउरिने साथै युभी रेजले पनि असर नगर्नेखालका भएको रेमन्ड ग्रुपको नेपालस्थित अध्यक्ष सन्जय अधिकारीले बताए ।
यस शोरुममा ८ हजार ४९९ देखि ५ लाख रुपैयाँसम्म पर्ने सुटहरु पाइने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्