सुनसरी, फागुन ३ । नेपाल पुलिस क्लबलाई ‘सडनडेथ’मा हराउँदै क्यामरुनको दाउफिन्स क्लब धरानमा जारी २१औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार धरान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक ९० मिनेटको दोस्रो सेमिफाइनल खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सीधै ‘टाइब्रेकर’मा धकेलिएको थियो ।
टाइबे्रकरमा समेत ५–५ गोलको बराबरी भएपछि क्यामरुनले सडनडेथमा विजयी नतिजा निकालेको हो ।
सडनडेथमा क्यामरुनका तर्फबाट गोलरक्षक प्रिसो एनजंगा र जो जो एंगेलाले गोल गरे ।
पुलिसका निरकुमार राईलेमात्र गोल गरे भने विक्रम धिमालको पेनाल्टी बललाई क्यामरुनका गोलरक्षक प्रिसोले बचाएका थिए ।
जितसँगै क्यामरुनले अब उपाधिका लागि शनिबार आयोजक धरान फुटबल क्लबसित प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्