Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


महिला टी–२० लिग चैतमा


0
Shares

काठमाडौं, फागुन ३ । एनसीएल महिला ट्वेन्टी–२० लिग क्रिकेट आगामी चैतमा हुने भएको छ ।

विराटनगरमा चैत १ देखि ९ गतेसम्म पहिलोपटक हुने लिगमा चार फ्रेन्चाइज्ड सहरका चार फ्रेन्चाइज्ड टोलीहरुको सहभागिता रहने आयोजक एनसीएल स्पोर्ट्स प्रालिले जनाएको छ ।

पुरुष क्रिकेटसँगै महिला क्रिकेटलाई पनि अघि बढाउने उद्देश्य लिएर प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।

एनसीएलले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड लिगसँगै भविष्यमा पुरुष र उमेर समूहको लिग गर्ने लक्ष्य रहेको जनाएको छ ।