Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति भण्डारी थाइल्यान्डमा


0
Shares

                                                                                        फाइल फोटो
राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्यान्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोंगकाभेरोजले तथा थाइल्यान्डका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिहरुले भव्य स्वागत गरेका छन् ।

त्यसअघि, विमानबाट ओर्लिएलगत्तै थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले उनलाई स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको नोभोटेल होटल गएकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्वर्गीय थाइ राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नेछिन् ।

गत वर्ष असोज २७ गते निधन भएका थाइ राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उनको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यहीँ प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ ।

राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा शुक्रबार साँझ थाइल्यान्डस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमणमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्रसचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा. मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, सन्चारकर्मीलगायत उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कनेछिन् ।