Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


वैशाख ३१ मा साझा यातायात बन्द हुने


0
Shares

दल विशेषले बन्द गरेका बेला यातायात सञ्चालन गरी यात्रुलाई सुविधा दिँदै आएको साझाले चुनाव सफल पार्ने निर्वाचन आयोगको अभियानमा सहयोग गर्न सेवा बन्द गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए ।

२०७० वैशाख १ गतेदेखि पुनः यातायात सेवा सुरु गरेको साझाले संविधानसभाको दोस्रो निर्वाचन २०७० साल मङ्सिर ४ गतेपछि पहिलोपटक वैशाख ३१ मा सेवा बन्द गर्न लागेको हो ।

२०७० सालमा १६ बसबाट सेवा सुरु गरेको साझाले २०७३ मङ्सिर १२ गते काठमाडौं महानगरपालिकाको सहयोगमा ३० बस थपेको थियो ।
उपत्यका बाहिर लामो दूरीमा चलाउन १२ बस थप्ने प्रक्रिया सुरु भएको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । रासस