२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


निजामती अस्पतालमा कर्मचारी र सर्वसाधारणका बेग्लाबेग्लै समयमा सेवा


0
Shares

अस्पतालका कार्यकारी निर्देशक डा.दीर्घराज आरसीले विशेषगरी कर्मचारीका लागि खोलिएको अस्पताल भन्दै लामो समय पालो कुर्नुपर्ने गुनासो आउन थालेपछि छुट्टाछुट्टै समयमा बहिरंग सेवा दिन लागिएको बताए ।

उनले भने, ‘कर्मचारीले सेवा अवधि बढाउन पटकपटक गुनासो गर्दैआएका थिए । यहाँ सर्वसाधारणको चाप छ । त्यसैलाई व्यवस्थित गर्न दुई सिफ्टमा सेवा दिने निर्णय गरेका हौँ ।’

अस्पतालमा दैनिक ६ सयदेखि आठसयभन्दा बढी बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् ।

निजामती कर्मचारीका लागि बिहान ९ देखि मध्याह्न १२ बजेसम्म र सर्वसाधारणका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म बहिरंगमा सेवा दिइने छ । निजामतीका लागि बिहान ७ देखि ९ बजेसम्म र सर्वसाधारणका लागि बिहान ९ बजेदेखि टिकट लिइसक्नुपर्ने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले साँझ ५ बजेपछि भने पेइङ सेवाअन्तर्गत पनि डेढ वर्षदेखि सेवा दिँदै आएको छ । पेइङ सेवामा उपचार गराउन चाहने बिरामीले रु २५० को टिकट लिएपछि उपचार गराउन सक्छन् । नियमित समयमा उपचार गराउन रु सयको टिकट लिनुपर्छ । रासस