काठमाडौं क्षेत्र नम्वर ४ को कपनमा नातामा हजुरबुबा पर्ने एक आफन्तलाई भेटर फर्कने क्रममा जोरधारा पछाडी आदर्शनगर टोलमा उनीमाथि दुब्र्यहार भएको हो ।
हजुरबुबाकोबाट निस्किएपछि एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले उनलाई आचारसंहिता विपरित आएको आरोप लगाएका थिए ।
त्यहाँबाट थापा बाहिरिएपछि नीलोपुलमा हुल वाँधेर बसेका केहि एमाले कार्यकर्ताहरुले थापालाई बाटो रोकेर हुलहुज्जत गर्ने प्रयास गरेको मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।
आचारसंहिता पालना गर्दै नीजि नम्वर प्लेटको गाडीमा नीजि भेटघाटमा रहेका थापालाई हुल वाँधेर आएका एमालेका कार्यकर्ताहरुले छापामार शैलीमा हुलहुज्जत गर्न खोजेको स्थानिय काँग्रेस कार्यकर्ता मनोज सिग्देलले बताए ।
एमालेका वडा नं १२ का अध्यक्ष नवराज भट्टराई, क्षेत्रीय सचिव ध्रुव न्यौपाने र एमालेको उपमेयरकी दावेदार रहेकी देवी रेग्मीको नेतृत्वमा आएका कार्यकर्ताहरु थापा विरुद्ध उत्तेजक नारावाजीमा पनि उत्रिएका थिए ।
काँग्रेस कार्यकर्ताहरु त्यहाँ आए स्थिति विग्रने आशंकामा थापा त्यहाँबाट वाहिरिएका थिए ।
त्यस लगत्तै थापा फर्किएका थिए भने एमालेका कार्यकर्ताहरुले नीलोपुलमा कोणसभा गरेका थिए ।
निर्वाचन आचारसंहिता विपरित कोणसभा गर्ने वहाना खोजेर बसेका एमालेका कार्यकर्तारुहले त्यहि वहानामा नीलोपुलमा कोणसभा गरेका थिए।
थापाले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको र व्यक्तिगत भेटघाटलाई आचारसंहिताले पनि नरोकेको बताए । बरु आफूमाथि हुलहुज्जत गर्न पठाएर एमालेले आचारसंहिताको उल्लंघन गरेको थापाले संक्षिप्त प्रतिक्रिया दिए ।
थापाले निर्वाचनको वातावरण विगार्न आएकाहरुको हल्लाको पछाडी नलागी ३१ गतेको चुनावमा पार्टीको हितमा लाग्न आग्रह गरे ।
स्थितिलाई भड्काउन केहि अवाञ्छित गतिविधी गर्ने प्रयास भएको उल्लेख गर्दै थापाले आफ्नो क्षेत्रका सबै साथीहरुलाई संयमित हुन आग्रह पनि गरे ।
आचारसंहिता विपरित मन्त्री हिडेको भन्दै एमाले कार्यकर्ताहरुले निगरानी गरेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्