काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिएको जानकारीअनुसार आइतबार निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी–साधन सन्चालनमा रोक लगाइएको छ ।
सुरक्षाकर्मी, सूचना विभागबाट अनुमतिपत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी–साधन भने सन्चालनमा आउनेछ ।
विदेशबाट आएका पर्यटकहरुका लागि त्रिभुवन विमानस्थलबाट तीनओटा बेग्लाबेग्लै रुटमा सवारी–साधन सन्चालन गरिने भएको छ ।
उनकाअनुसार निर्वाचनका लागि गत वैशाख १ गतेदेखि शनिबारसम्म काठमाडौंबाट बाहिर जाने यात्रीको संख्या २२ लाख ४४ हजार ४५९ पुगेको छ र काठमाडौं भित्रिनेको संख्या २१ लाख ३८ हजार ९३८ रहेको छ ।
शनिबार नेपाल बन्द भनीे हल्ला चले पनि काठमाडौंमा सवारी–साधन सन्चालनमा कुनै प्रभाव नपरेको र अहिलेसम्म कुनै घटना नभएको जानकारी पनि उनले दिए । रासस










प्रतिक्रिया दिनुहोस्