नवीन सिंह (इमेज)
जनकपुर, फागुन ३ । भारतको गोवा घुम्न जानका लागि आफ्नै अपहरणको नाटक गर्ने तीन युवालाई जनकपुरबाट पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जकपुरका अजयकुमार शाह र समसाद नादाफ तथा रौतहटका अरविन्द यादव रहेका छन् ।
अजयकुमारले भारतको गोवा घुम्न जाने पैसा जुटाउन आफ्नै अपहरण भएको नाटक गरी परिवारबाट पैसा असुल्न खोजेको पाइएको प्रहरीले जनाएको छ ।
गत माघ १५ गते अजय साथीको जन्मदिनको पार्टीमा जाने भन्दै घरबाट निस्किएका थिए । त्यसलगत्तै उनले आफू अपहरणमा परेको भन्दै १५ लाख रुपैयाँ फिरौती माग्न लगाएको प्रहरीले जनाएको छ ।
अजय अपहरणको अनुसन्धानकाक्रममा फोन कलको विवरण हेर्दा फिरौती माग्नेहरु नै अजयका साथीहरु रहेको पाइएपछि तीनैजनालाई फक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्