फाइल फोटो
राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्णरुपमा सफल बनाउन आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्–‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनुपर्ने भनी अंगीकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ । यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराइ स्थायित्व र आर्थिक समृद्धिको ढोका खोल्ने छ भन्ने मलाई विश्वास छ ।’
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा उत्साह र उमंगका साथ सहभागी भइ संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आममतदातालाई अपिल गरेकी छन् । रासस










प्रतिक्रिया दिनुहोस्