Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


नेप्से ३० अंकजसोले सकारात्मक


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २९.६० अंकले बढेर अन्तिम दिन १६५८.५८ अंकमा पुगेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीहरुको दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ बराबरका ४९ लाख ९४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

कारोबार रकम भने गत साताकोभन्दा १७.५७ प्रतिशत कम हो । गत साता १५४ कम्पनीहरुको तीन अर्ब ४० करोड बराबरका ५३ लाख ८४ हजार सेयरहरु खरिद–बिक्री भएका थिए ।

समूहगत उतार–चढावअन्तर्गत् यो हप्ता बिमा समूहको सूचक सबैभन्दा उच्च १ सय ४९ अंकले र जलविद्युत् समूहको सूचक पनि १ सय ४७ अंकले सकारात्मक रह्यो । यो साता सबै समूह सकारात्मक रहे ।

यो साता कारोबार रकम (१७ करोड ६० लाख रुपैयाँ)को आधारमा नेपाल एसबीआइ बैंक लिमिटेड अग्रस्थानमा रह्यो ।

यसैगरी, सनराइज बैंक, सानिमा माइ हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंकले क्रमशः पच्छ्याए ।

यो साता नेप्सेमा ओम डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक, सेवा विकास बैंक, मेगा बैंकको बोनस ेयर सूचीकृत भएका छन् ।

यस्तै, मेगाकै हकप्रद, सेवाको हकप्रद अनि सिनर्जी पावर डेभलपमेन्ट बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका साधारण सेयर पनि सूचीकृत भएको एक्सचेन्जले जनाएको छ ।