कन्चनपुर । कञ्चनपुरबाट २३ किलो ६ सय ग्राम सुनसहित पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि राजस्व कार्यालय कोहलपुर पठाइएको छ ।
प्रहरीले कञ्चनपुरबाट हिजो १८ किलो सुनसहित लक्ष्मण तिरुवा र सुरज तिरुवालाई पक्राउ गरेको थियो ।
उनीहरुकै बयानका आधारमा गएराति थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्ती र शुक्लाफाँटा ११ अमरबस्तीमा गरी २३ किलो ६ सय ग्राम अवैध सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका तिरुवाको बयानका आधारमा शुक्लाफाँटा नगरपालिका–११ स्थित उनका दाजुु लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद भएको हो ।
अवैध रुपमा बरामद गरिएको सुनसहित पक्राउ परेका सुरज र लक्ष्मण तिरुवालाई थप अनुसन्धानका लागि राजस्व कार्यालय कोहलपुर पठाइएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्