Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


चीनले भन्यो– ‘वान बेल्ट वान रोडमा खर्च हाम्रो, फाइदा सबै देशलाई’


0
Shares

चीनका राष्ट्रपति शी जिनपिङले आइतबार बेइजिङमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले उक्त परियोजनाका लागि चीनले १ सय २४ बिलियन डलर खर्च गर्ने जनाए ।

राम्रो आर्थिक विकासका लागि व्यापार नै मुख्य आधार भएको बताउँदै उनले भने, ‘नयाँ सिक्ल रुटका नाममा सुरु गरिएको यो वैश्विक योजनाको फाइदा वैश्विक स्तरमा चीनको प्रभाव बढाउनका लागिमात्र होइन ।’

उनले नयाँ सिल्क रुटको फाइदा देशहरुबचि आपसी सहयोग र पारस्परिक लाभका दृष्टिले निकै चाँडो देखिने दाबी गरे । यसले विश्वमा एक खुला अर्थव्यवस्था ल्याउने उनको विश्वास थियो । (एजेन्सी)