सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका नरहरीनाथ गाउँपालिका–६ बस्ने ४५ वर्षिय धनरुप बटालाको मृत्यु भएको हो ।
यस्तै गोली लागेर घाइते भएका तीनमध्ये एक जनाको अवस्था गम्भीर छ । नरहरिनाथ गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै ३२ वर्षका कुलबहादुर बटाला र ४५ वर्ष व्यासी बिकलाई पनि गोली लागेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका खोसेर जलाएपछि हिजो फायरिङ भएको थियो ।
गोली लागि घाइते भएकाको अझै उपचारर हुन सकेको छैन । उपचारका लागि हेलिकोप्टर लिन गए पनि खराब मौसमका कारण अवतरण हुन नसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्