२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


काठमाडौं र ललितपुरका मत गणना स्थलमा भीड, हेर्नुहोस रौनक(भिडियो)


0
Shares

थोरै मतदाता रहेका स्थानीय तहमा मतपरिणाम सार्वजनिक हुने क्रम सुरु भए पनि धेरै मतदाता भएका स्थानको मतगणनामा भने धेरै नै ढिलाई हुने गरेको देखिएको छ ।

मतगणनाको स्थिति हेर्दा परिणाम सार्वजनिक हुन निकै समय लाग्ने देखिएको छ ।

धेरै वटा चिह्न भएको लामो मतपत्र भएकाले गणनामा ढिलाई भएको हो । त्यसैगरी मतदाताले फरक फरक पार्टीका उम्मेदवारलाई मत दिएकाले पनि गणनामा ढिलाई भइरहेको बताइएको छ ।

निर्वाचन आयोगले सबैतिरको मतगणना गरी अन्तिम परिणाम आउन चार दिन लाग्ने जनाएको छ । तर, मतगणनाको सुस्त तयारी र अहिलेको गति हेर्दा यो समय अझै लम्बिने संकेत देखिएको छ ।

काठमाडौं र ललितपुरका मतगणना स्थल आसपास शुभेच्छुकहरुको भीड लागेको देख्न पाइन्छ । उत्साहित भएर उनीहरु मत परिणामको ब्यग्र प्रतिक्षामा छन् ।