२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


काभ्रेको रोशी गाउँपालिका–१२ मा माओवादी केन्द्रको प्यानलै विजयी


0
Shares

माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान ३४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिलाराम मोक्तानले २०५ र नेकपा एमालेका लीलाराम मोक्तानले १०४ मत प्राप्त गरेका छन् । सो वडामा ७१७ मत खसेको थियो ।

त्यस्तै, सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले २९०, कांग्रेसका उम्मेदवारले २५४ र एमालेका उम्मेदवारले १२५ मत प्राप्त गरेका छन् । अहिले सो गाउँपालिकाको वडा नम्बर–१० र ११ को मतगणना जारी छ । रासस