२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


डोल्पाको काइके गाउँपालिका अध्यक्षमा एमालेका अंगत राना विजयी


0
Shares

उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याइ विजयी भएका छन् भने कांग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गरेका छन् ।

यस्तै, ठूलीभेरी नगरपालिका–१ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी भएका छन् ।

ठूलीभेरी नगरपालिका–२ मा नेकपा एमालेका देवी रोकाया वडाध्यक्षमा विजयी भएका छन् ।

ठूलीभेरी नगरपालिकामा कांग्रेसको अग्रता
ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा एमालेका गणेश शाहीले १२६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा माओवादी केन्द्रका लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गरेकी छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा मतगणना सुरु भएको छ । रासस