२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपालको सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव


0
Shares

nepal china land dispute

चीन भ्रमणमा रहेका मन्त्री लेखकले सोमबार चीनका यातायातमन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राखेका हुन् ।

भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबीओआर (वन बेल्ट वन रोड)मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुआत भएको बताए ।

मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि गरेको प्रस्तावलाई पनि उनले स्वीकार गरेको स्वकीयसचिव जनक भट्टले राससलाई जानकारी दिए ।

ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

यसैगरी, चीनले यो परियोजनाका लागि अन्तर्राष्ट्रिय विभागका महाप्रबन्धकलाई स्रोतव्यक्ति तोकेको छ ।

दुबै सम्पर्क एवं स्रोतव्यक्तिको समूहले सोमबारैदेखि काम अघि बढाएको छ । रासस